| Yesterday's News 2008-07-06 |
| |
|
|
| |
 |
भोलि अर्को पूरक विधेयक ल्याइने |
| | काठमाडौँ, असार २२/मधेसवादी दलहरुको लगातारको आन्दोलनपछि संविधान संशोधनको पूरक विधेयकको मस्यौदा परिवर्तन गर्ने सहमति छ दलबीच भएको छ । सरकारले शनिबार संसदमा दर्ता गराएको संविधान संशोधान पूरक विधेयकमा मधेसवादी दलहरुले असहमति जनाएपछि आज बसेको छ दलको बैठकमा यस्तो सहमति भएको हो । |
|
| |
 |
अफगानिस्तान :: हवाई कारबाहीमा बाइसको मृत्यु |
| | काबुल, असार २२/अमेरिकी नेतृत्वको गठबन्धन सेनाले पूर्वी अफगानिस्तानमा गरेको हवाई आक्रमणमा २२ सर्वसाधारण मारिएको एक सरकारी अधिकारीले बताएका छन् । नाङ्गहार प्रान्तको डेहबेला जिल्लाका गभर्नर हमिसा गुलका अनुसार आक्रमणमा परी कम्तीमा तीन पुरुष र १९ महिला तथा केटाकेटीको मृत्यु भएको हो । |
|
| |
 |
पश्चिम सेती परियोजना अघि नबढाउन आग्रह |
| | काठमाडौँ, असार २२/सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सभाषदहरुले राज्यको पुनःसंरचना नभएसम्म पश्चिम सेती जलविद्युत परियोजनाको निर्माण प्रक्रिया अगाडि नबढाउन आग्रह गरेका छन् । |
|
| |
 |
माओवादी-काङ्ग्रेस झडपमा १४ घाइते |
| | वीरगञ्ज, असार २२/पर्साको भिखमपुर गाविसमा शनिबार राति काङ्ग्रेस र माओवादी कार्यकर्ताबीच भएको झडपमा १४ जना घाइते भएका छन् । संविधानसभाको निर्वाचनमा भोट नदिएको विषयलाई लिएर विवाद बढेपछि माओवादी र काङ्ग्रेसका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ । |
|
| |
 |
जनमुखी बनाउन सैनिकलाई तालिम |
| | काठमाडौँ, असार २२/नेपाली सेनालाई जनमुखी र जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले लमजुङमा जनमुखी तालिम सुरु गरिएको छ । गरुडदल गणले आफ्ना मातहतका सबै सैनिकलाई तालिम दिन थालेको छ । |
|
| |
 |
एक मधेश प्रदेशको सर्वर्त्र विरोध |
| | काठमाडौँ, असार २२/एक मधेस प्रदेशको विरोधमा शनिबार गरिएको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै थारु कल्याणकारिणी सभाले आज पनि प्रदर्शन गरेको छ । |
|
| |
 |
सदन अवरुद्ध हुनुमा काङग्रेसको षडयन्त्रः शाक्य |
| | काठमाडौँ, असार २२/माओवादीका केन्द्रीय सदस्य हितमान शाक्यले मधेसवादी दलहरुले संविधानसभाको बैठक अवरुद्ध पार्नुमा काङ्ग्रेसको षड्यन्त्र भएको आरोप लगाएका छन् । काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री पदबाट राजीनामा दिएलगत्तै मधेसवादी दलहरुले संविधानसभाको बैठक अवरुद्ध पारेकोले यसमा काङ्ग्रेसको षड्यन्त्र भएको उनको तर्क छ । |
|
| |
 |
बैठक बोलाउन आनन्दीदेवीलाई आग्रह |
| | काठमाडौँ, असार २२/नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) का वरिष्ठ उपाध्यक्ष खुशीलाल मण्डल समूहले अध्यक्ष आनन्दीदेवीलाई सात दिनभित्र पार्टीको सम्पर्कमा आई बैठक बोलाउन आग्रह गरेका छन् । अध्यक्ष सम्पर्कमा नआए पार्टीको विधानअनुसार महासचिवले बैठक बोलाउने उनले स्पष्ट पारे । |
|
| |
|
|
| |
|
|
| |
|
|
| |
 |
मदरसाको अवस्था दयनीय |
| | बेनी, असार २२/म्याग्दीमा बसोबास गर्दै आएका मुस्लिम समुदायहरूले सञ्चालन गरेको मदरसा कक्षा अर्थिक अभावमा भौतिक पूर्वाधार निर्माण हुन नसकेपछि बन्द भएको छ । |
|
| |
 |
नदीकटानका कारण तातोपानी कुण्ड खतरामा |
| | म्याग्दी, असार २२/प्राकृतिक उपचार स्थलको रुपमा नेपालमै प्रसिद्धी कमाएको सिङ्गा गाविसमा पर्ने तातोपानी कुण्ड वर्षोनि म्याग्दी नदीको कटान बढ्न थालेपछि खतरामा परेको छ । |
|
| |
 |
चत्रपथ निर्माण कार्यमा तीब्रता |
| | म्याग्दी, असार २२/सदरमुकाम बेनीबजारमा चत्रपथ निर्माण कार्यले तीब्रता पाएको छ । पवित्र कालिगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनीबजारमा बढ्दो शहरिकरणसंगै जनसङ्ख्या र सवारी चाप पनि बढ्न थालेपछि चत्रपथको अवधारण अघि बढाइएको हो । |
|
| |
|
|
| |
|
|
| |
|
|
| |
 |
आन्दोलनलाई मालेको समर्थन |
| | काठमाडौँ, असार २२/नेकपा मालेले एक मधेश एक प्रदेशको विरोेधमा भइरहेको आन्दोलनलाई र्समर्थन गर्ने निर्णय गरेको छ । |
|
| |
|
|
| |
 |
नीजी एअरलाइन्समा तालबन्दी |
| | नेपालगञ्ज, असार २२/नीजी तथा सरकारी एअरलाइन्समा गरिएको भाडा बृद्धि फिर्ता मागगर्दै कर्णालीका केही बासिन्दाले आज नेपालगञ्जमा रहेका केहि नीजी एअरलाइन्सका कार्यालयहरूमा तालाबन्दी गरेका छन् ।
|
|
| |
|
|
| |
|
|
| |
 |
हत्यारालाई कारवाहीको मागगर्दै रिलेअनसन सुरु |
| | पोखरा, असार २२/गत चैत्र २८ गते हत्या गरिएका कास्की सैमराम-३ तोगी निवासी ऋषिराम सुवेदीका हत्यारालाई कारवाही गर्नुपर्ने लगायतका विभिन्न चार सुत्रीय मागसहित आजदेखी पोखरामा रिलेअनसन सुरु गरिएको छ ।
|
|
| |
|
|
| |
 |
खेलमैदान बसपार्कमा परिणत |
| | बेनी (म्याग्दी), असार २२/खेलमैदानको रूपमा प्रयोग गरिदै आएको मैदान बसपार्कमा परिणत भएपछि म्याग्दीका खेलाडीहरू समस्यामा मात्र नभएर मर्कामा समेत परेका छन् ।
|
|
| |
 |
अज्ञात स्थलमा युथ फोर्स गठन |
| | उदयपुर, असार २२/सामाजिक विकृति र भ्रष्टाचार विरूद्व लाग्ने उद्घोषसहित नेकपा एमाले निकट युवाहरूले अर्धभुमिगत शैलीमा शनिबार युथ फोर्स गठन गरेकाछन् ।
|
|
| |
|
|
| |
 |
नवजात शिशुको हत्या |
| | उदयपुर, असार २२/बसाहा गाविस स्थित हात्तिसारमा बस्दै आएकी ३१ वर्षीया कल्पना राइले शनिबार आफैंले जन्माएको नवजात शिशुको (वालिका) हत्या गरेकी छिन् ।
|
|
| |
|
|
| |
 |
नागरिक सञ्जाल गठन |
| | रामेछाप, असार २२/रामेछाप जिल्लाका नागरिक स्तरमा सञ्चालित संस्थाका क्रियाशील नागरीकहरूको सदरमुकाम मन्थलीमा भएको भेलाले समाजसेवी रामचन्द्र बियोगीको संयोजकत्वमा नागरिक सञ्जाल रामेछाप गठन गरेको छ । |
|
| |
 |
सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न |
| | सल्यान, असार २२/नागरिक सरोकार मञ्च सल्यानले कोटबारा र कोटमौलामा सचालन गरेको सुन्तला फलफुल तथा बगैचा व्यवस्थापन परियोजनाको सामाजिक लेखापरीक्षण कार्यक्रम शुक्रबार कोटमौलामा सम्पन्न भएको छ । |
|
| |
 |
दलित समुदाय आन्दोलित |
| | रुपन्देही, असार २२/समाजमा दलितमाथिको भेदभाव, अन्याय र उत्पीडन कायमै रहेको बताउँदै दलित समुदायका अगुवाहरूले विभेदरहित समाज निर्माणका लागि आन्दोलन गर्ने बताएका छन् । |
|
| |
 |
फिर्ता भएन कब्जा गरिएको घरजग्गा |
| | रसुवा, असार २२/माओवादीले रसुवाका विभिन्न स्थानमा कब्जामा लिएको जमिन हालसम्म फिर्ता गरेका छैनन् । हालसम्म रसुवाका ५ जनाको घर जग्गा कब्जामा रहेका छन् । |
|
| |
|
|
| |
 |
अनुमति नलिई खोलिएको क्लिनिकमा एकको मृत्यु |
| | उदयपुर, असार २२/औषधी व्यवसाय सञ्चालन गर्ने अनुमति नलिई क्लिनिक खोलेर बसेका एक व्यक्तिले जथाभावी उपचार गरेपछि हडिया-४ ज्यामिरेका एक युवकको शनिबार साँझ मृत्यु भएको छ ।
|
|
| |
 |
गाविस सचिवद्वारा ठगिएको आरोप |
| | रामेछाप, असार २२/गाउँ विकास समिति नागदहका सचिव केशरबहादुर खत्रीले गाविसबाट विभिन्न खालका सिफारिसहरू दिँदा स्थानीय गाउँलेहरूलाई ठग्ने गरेको कुरा र्सार्वजनिक भएको छ । |
|
| |
 |
यातनाविरुद्ध क्षतिपूर्ति माग |
| | मोरङ, असार २२/शनिश्चरे गाविस- ९ का द्वन्द्वपीडितले यातनाविरुद्ध क्षतिपूर्ति पाउँ भनी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । |
|
| |
|
|
| |
|
|
| |
 |
विमानस्थलमा गरेको तालाबन्दी आज पनि जारी |
| | बाँके, असार २२/हवाइ यातायात भाडामा सहुलियत मागगर्दै कर्णालीका बासिन्दाले शुक्रबारेखि नेपालगञ्जको राँझा विमानस्थलमा गरेको तालाबन्दी आज पनि जारी राखेका छन् ।
|
|
| |
 |
सुपका पहाडी जिल्लामा औषधीको अभाव |
| | काठमाडौँ, असार २२/यातायातमा चक्रीय प्रणाली खारेजीको मागगर्दै व्यवसायीहरूले ट्रकमा सामान ढुवानी गर्न बन्द गरेपछि सुदूरपश्चिमका पहाडी जिल्लामा औषधी अभाव भएको छ ।
|
|
| |
|
|
| |
|
|
| |
|
|
| |
 |
सडक र प्रशासनलाई अदालतमा हाजिर हुन आदेश |
| | उदयपुर, असार २२/पाँचदिन अघि ठेक्का विवादका बिषयमा पुनरावेदन अदालत राजविराजले जिल्ला प्रसासन कार्यालय उदयपुर र सडक डिभिजन कार्यालय लाहानलाई हाजिर हुन आदेश दिएको छ ।
|
|
| |
 |
खोलामा बगेर एकको मृत्यु |
| | काठमाडौँ, असार २२/मोरङको शनिश्चरे-१ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ७६ वर्षका आइतसिंह तामाङको शनिबार साँझ खोलामा बगेर मृत्यु भएको छ ।
|
|
| |
 |
खलङगा बजार आज पनि बन्द |
| | जाजरकोट, असार २२/सर्वदलीय सहमति विपरीतको ठाँउबाट सडक खन्न थालिएको विरोधमा सदरमुकाम खलङगाका बासिन्दाले तीन दिनदेखि गरेको बजार बन्द आज पनि जारी राखेका छन् ।
|
|
| |
|
|
| |
|
|
| |
| |
|
1
2 [Next]
|