.
 
Home
Yesterday News
 
 
 
We are currently upgrading our system. We apologize for the inconvenience.

Welcome to the website of Independent News Service


Choose your language

English | Nepali

 

 

Today's News 2008-05-17
 
सदरमुकाममा खानेपानीको हाहाकार
 रामेछाप, जेठ ४/लामो समयदेखि परेको खडेरीका कारण खानेपानीका मुहानहरु धमाधम सुक्न थालेपछि रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा खानेपानीको हाहाकार मच्चिएको छ ।
 
विश्वशान्ति पुजा
 पोखरा, जेठ ४/विश्वशान्ति र सत्यको कामना गर्दै २५५२ औं बुद्ध जयन्तीको पर्ुवसन्धामा आज पोखरामा विश्वशान्ति पुजा गरिएको छ ।
 
जनआन्दोलनका घाइतेलाई सभासद् बनाउन माग
 पोखरा, जेठ ४/सरकारले मनोनित गर्ने २६ जना सभासद्को कोटामा जनआन्दोलनका घाइतेलाई मनोनयन गर्न जनआन्दोलनका घाइतेहरुले माग गरेका छन् ।
 
कुटपिटबाट मृत्यु
 कालीकोट, जेठ ४/जग्गाको विषयमा विवाद बढेपछि भएको झडपमा कालीकोटको खिन गाविस- ३ का जयलाल बमको मृत्यु भएको छ ।
 
अन्तर्जातिय बिवाहका कारण घर प्रवेशमा प्रतिवन्ध
 लाहान, जेठ ४/अन्तर्जातिय बिवाह गरेकै कारण लाहान नगरपालिका वडा नं. ४ का नवीन कर्ण्र्ााीन बर्षेखि घरमा प्रवेश गर्न पाएका छैनन् ।
 
करेन्ट लागेर मृत्यु
 नुवाकोट, जेठ ४/नुवाकोटको मनकामना- १ तलखु खोलामा करेन्ट लगाई माछा मार्ने शुक्रबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ बषर्ीय लेम्बा तामाङ छन् ।
 
व्यवसायी र पत्रकार विच छलफल
 संखुवासभा,जेठ ४/संखुवासभा जिल्लाका उद्योगी व्यवसायी र पत्रकारहरुविच छलफल भएको छ ।
 
हेलिकोप्टर मर्मतपछि काठमाडौं फिर्ता
 संखुवासभा, जेठ ४/संखुवासभाको मकालु आधार शिविरमा गत बैशाख पाँच गते दर्ुघटनाग्रस्त भएको श्री एयरलाईन्सको एमआई १७ हेलिकोप्टर मर्मतपछि काठमडौं लगिएको छ ।
 
कांग्रेस र एमाले विघटन गर्नुपर्छ- वादल
 चितवन, जेठ ४/नेकपा माओवादीका नेता रामबहादुर थापा 'बादल' ले वाईसीएल विघटन गर्नु परे नेपाली कांग्रेस र नेकपा एमाले पनि विघटन गर्नुपर्ने बताएको छन्
 
मानिसले समेत आवत-जावत गर्न नपाउने घोषणा
 डोल्पा, जेठ ४/शक्तिबर्धक यार्चाकुन्भु सङ्कलन प्रवेशशुल्कका विषयमा जुफाल गाविस र माझफाल गाविसबीच उठेको विवाद मानिस आवतजावत गर्नसमेत नपाउने गरी नाकाबन्दी गर्नेसम्ममा पुगेको छ ।
 
सेना परिचालनको चेतावनी
 वीरगञ्ज, जेठ ४/नेपाल गरिवी निवारण पार्टर्ीींगवादीले आइतवारदेखि शसस्त्र युद्ध शुरु गर्ने चेतावनी दिएको छ ।
 
राहित्यकारहरुद्धारा प्रतिनिधित्व माग
 काठमाडौँ, जेठ ४/साहित्यकारहरूले संविधानसभामा आफ्नो प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् । शनिबार नागार्जुन साहित्यिक प्रतिष्ठानले आयोजन गरेको कार्यक्रममा साहित्यकारहरूले सो माग गरेका हुन् ।
 
प्रतिक्रान्तिको खतराः प्रचण्ड
 काठमाडौँ, जेठ ४/नेकपा माओवादीका अध्यक्ष प्रचण्डले देशमा प्रतिक्रान्तिको खतरा बढ्दै गएको बताएका छन् । उनले प्रतिक्रान्तिलाई परास्त गर्न जेठ १५ गतेदेखि १७ गतेसम्म सबै जनतालाई सडकमा उत्रिन पनि आब्हान गरेका छन् ।
 
शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन अझै कठिनाईः मुन
 काठमाडौँ, जेठ ४/संयुक्त राष्ट्रसङ्ंघका महासचिव वान की मुनले संविधानसभाको चुनाव सकिएपछि शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन अझै धेरै काम बाँकी रहेको बताएका छन् ।
 
'सहमतिमा मात्र नामावली'
 काठमाडौँ, जेठ ४/संविधानसभामा मन्त्रीपरिषद्बाट मनोनीत गरिने २६ सभासद्को लागि जनजातिको सहमति लिएर मात्र नामावली तयार गर्न सातदलीय कार्यदलका नेताहरु तयार भएका छन् ।
 
प्रतिनिधित्व माग
 काठमाडौँ, जेठ ४/कास्कीका जनआन्दोलनका घाइतेहरुले संविधानसभामा आफूहरुलाई पनि सहभागी गराउन माग गरेका छन् । २६ जनामध्ये कम्तिमा एक जना जनआन्दोलनको घाइतेलाई सभासद्मा मनोनयन गर्नुपर्ने उनीहरुले माग गरेका हुन् ।
 
अभियुक्त पक्राउ
 बुटवल, जेठ ४/काठमाडौमा दुइ युवाको हत्या गरि फरार भएका अभियुक्तलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको छ ।
 
पाँच घाइते, सडक खुल्यो
 सिरहा, जेठ ४/विहानैदेखि अवरुद्ध पर्ूव-पश्चिम राजमार्गको छपराडी सडक खण्ड साढे तीन घण्टापछि सुचारु भएको छ । विहान ९ बजे यात्रुबाहक बसले साइकलमा गइरहेका एक बालकलाई ठक्कर दिएपछि उत्पन्न बिबादका कारण राजमार्ग अवरुद्ध भएको थियो ।
 
आनन्दीदेवी दस दिनपछि मात्र नेपाल फर्कने
 काठमाडौँ, जेठ ४/अपहरण गरिएकी भनिएकी नेपाल सदभावना पार्टी आनन्दीदेवीकी अध्यक्ष आनन्दीदवी सिंह पटनामा रहेकी छिन् । उनी जेठ ३ गते पटनामा सार्वजनीक हुदै उपचारका क्रममा रहेकाले दस दिनपछि मात्र नेपाल फर्कने बताएकी छिन् ।
 
पुरूषको बेवारिसे शव भेटियो
 सुनसरी, जेठ ४/औरावानीमा शुक्रबार राती हत्या गरिएको अवस्थामा एक पुरूषको शव बेवारिसे अवस्थामा भेटिएको छ ।
 
दुइ महाप्रबन्धक पाल्छ वायु सेवा निगम
 रामबहादुर रावल (नेस्वससे)जेठ ४/कमजोर व्यवस्थापनका कारण दिनदिनै आफ्नो बजार गुमाउँदै गएको नेपाल वायु सेवा निगमले अहिले दुइ महाप्रबन्धकलाई पालिरहेको छ । दुइ महाप्रबन्धक पाल्नुपरेपछि महिनामा १ लाख रुपैयाँभन्दा बढी थप आर्थिक भार व्यवहोर्नुपरेको छ ।
 
प्रम कोइराला-काङ्ग्रेस केन्द्रीय सदस्यबीच छलफल
 काठमाडौँ, जेठ ४/प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले काङ्ग्रेस केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन् ।
 
अपडेट:: सहमती गरेर नामावली तयार गरिने-सातदल
 काठमाडौँ, जेठ ४/संविधानसभामा मन्त्रिपरिषद्बाट मनोनीत गरिने २६ सीटको लागि जनजातीको सहमती लिएर मात्र नामावली तयार गर्न सातदलीय कार्यदलका नेताहरू तयार भएका छन् ।
 
भुइँचालोबाट मर्नेहरूको सङ्ख्या २२ हजार नाघ्यो
 वेङजिङ, जेठ ४/गत सोमवार चीनको सिचुआन प्रान्तमा गएको भुइँचालोवाट मर्नेहरूको सङ्ख्या २२ हजार नाघेको छ ।
 
अपडेट: कोटेश्वर-बानेश्वर सडक अवरूद्ध
 काठमाडौँ, जेठ ४/कोटेश्वरका रामहरी श्रेष्ठको हत्याको विरोधमा स्थानीयबासिन्दाले अहिले कोटेश्वरदेखि बानेश्वरचोकसम्मको सडक अवरूद्ध गराएका छन् ।
 
फ्ल्यास:: बस दुर्घटनामा दस यात्रु घाइते
 काठमाडौँ, जेठ ४/सिन्धुपाल्चोकको भिमटारमा ना २ ख ३३६७ नम्बरको हेलम्बु यातायातको बस अहिले सवा ११ बजे दुर्घटना हुदाँ दस जना यात्रु घाइते भएका छन् ।
 
मधेसी महिलाको संविधानसभामा प्रतिनिधित्व गर्न माग
 सप्तरी, जेठ ४/महिला अधिकारकर्मीहरूले कम्तीमा चार जना मधेसी समुदायको महिलालाई संविधानसभामा प्रतिनिधित्व हुनु पर्ने माग राखेका छन् ।
 
शान्ति प्रक्रियाका लागि चुनाव कोसेढुङ्गा-मुन
 काठमाडौँ, जेठ ४/संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले नेपालको शान्ति प्रक्रियाका लागि संविधानसभाको चुनाव कोसेढुङ्गा भएको बताएका छन् ।
 
सञ्चारसम्बन्धी प्रतिवेदन सरकारलाई बुझाईयो
 काठमाडौँ, जेठ ४/राष्ट्रिय स्वास्थ्य सञ्चार नीति निर्माण कार्यदलले स्वास्थ्य सञ्चारसम्बन्धी नयाँ नीतिका विषयमा सुझावसहितको प्रतिवेदन आज सरकारलाई बुझाएको छ ।
 
सदरमुकाममा खानेपानीको सङ्कट
 दैलेख, जेठ ४/बढ्दै गएको खडेरीको कारण दैलेख सदरमुकाममा खानेपानीको सङ्कट परेको छ ।
 
सुचनाप्रविधिको पहुँच सबै अपाङ्गलाई-महरा
 काठमाडौँ, जेठ ४/सुचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले नेपाल सरकार दुरसञ्चार तथा सुचनाप्रविधिको पहुँच सबै अपाङ्गलाई पुर्‍याउन प्रतिबद्ध रहेको बताएका छन् ।
 
अज्ञात समूहद्वारा एकको अपहरण
 सप्तरी, जेठ ४/मलेठ-३ बाट शुक्रबार राति अज्ञात समूहले एक जना सर्वसाधारणको अपहरण गरेका छन् ।
 
अन्तर्राष्ट्रिय: आँधीबाट मर्नेहरूको सङ्ख्या ७७ हजार नाघ्यो
 याङ्गुन, जेठ ४/म्यानमारको सरकारी सञ्चारमाध्यमले केही दिनअघिको आँधीबाट मर्नेहरूको सङ्ख्या ७७ हजार नाघेको जनाएको छ ।
 
रूपक स्मृति फुटबल कप प्रतियोगीता २०६५ हुदै
 काठमाडौँ, जेठ ४/राजधानीमा आजदेखि रूपक स्मृति फुटबल कप प्रतियोगीता २०६५ हुदैछ ।
 
करेन्ट लागेर गोरुसहित एक बृद्धको मृत्यु
 नुवाकोट, जेठ ४/माछा मार्नका लागि खोलामा छोडेको करेन्ट लागेर शुक्रबार राति गोरुसहित एक बृद्धको मृत्यु भएको छ ।
 
नन्दालाई पुर्पक्षकालागी थुनामा राख्ने आदेश
 भिमनगर, जेठ ४/मेडिकल कलेजकी पूर्व सञ्चलीका नन्दादेवी जोशी र उनका छोरा लक्ष्मणलाई जिल्ला अदालतले पुर्पक्षकालागी थुनामा राखिएकोे छ ।
 
गाडी चल्न सुरु भएपछि पूर्वको जनजीवन समान्य
 काठमाडौँ, जेठ ४/गाडी चल्न सुरु भएपछि लगातार ६ दिनसम्मको बन्दले प्रभावित पूर्वका चार अञ्चलको जनजीवन समान्य बन्दै गएको छ ।
 
हत्यारालाई कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाईने
 काठमाडौँ, जेठ ४/कोटेश्वरका रामहरि श्रेष्ठको हत्यारालाई कारवाहीको माग गर्दै आज सङ्घर्ष समितिले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदैछ ।
 
राइ अपहरण मुक्त
 सप्तरी, जेठ ४/१६ दिनअघि सप्तरीबाट अपहरणमा परेका राजेशकुमार राइ शुक्रबार राति अपहरण मुक्त भएका छन् ।
 
सभाषद मनोनयन प्रक्रियाका बारेमा छलफल सुरु
 काठमाडौँ, जेठ ४/संविधानसभा बैठकको तयारी गर्न गठित सातदलीय कार्यदलले २६ सभाषद मनोनयन प्रक्रियाका बारेमा छलफल सुरु गरेको छ ।
 
विद्यार्थीहरूले स्तरीय शिक्षा पाएनन्
 भिमनगर, जेठ ४/सरकारले केही वर्षयता विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएको भएपनि कैलालीका विद्यालयहरूमा भर्ना हुने गरेका विद्यार्थीहरूले स्तरीय शिक्षा पाउन सकेका छैनन् ।
 
 
 
User Login
User:
Password:
About Us | Send News | Contact | Feedback
© Independent News Service - www.insonline.org All Rights Reserved.